बीएलओ शंकर राईलाई पञ्चायत कार्यालयद्वारा सम्मान

00-1-IMG-20230517-WA0295

दार्जीलिङ: आज दार्जीलिङ ग्राम पञ्चायत-२ कार्यालयमा पान्दाम प्राथमिक पाठशालाका प्रधान अध्यापक साथै ग्राम पञ्चायत टुका बीएलओ शंकर राईले अध्यापन क्षेत्रबाट अवकाश ग्रहण गरेवापत् विदाई कार्यक्रम गर्दै सम्मान जनाइयो। उक्त कार्यक्रम ग्राम पञ्चायत-२ का सचिव निलिमा गुरूङको अध्यक्षता, सम्मानित शंकर राई अनि उनकी श्रीमतीको प्रमुख आतिथ्य साथै ग्राम पञ्चायत टुलगायत अन्य विभिन्न विभागद्वारा आमन्त्रित अतिथिहरू क्रमैले ग्राम सहायक सारिका सुब्बा, पञ्चायत कर्मी जिष्णुलाल शर्मा, उर्मिला लामा, देव कुमार विश्वकर्म, एसटी पी असीम गुरूङ्ग, जीआरएस सन्दीप छेत्री, पशु सम्पदा विभागबाट महेश छेत्री, अरूण तामाङ, डीएलएसए विभागबाट पीएलभी सबिना प्रधान, बीएलओ सुदीप सुब्बा, प्रनित गुरूङ, बीएसकेबाट सचिन तामाङ अनि सुष्मिता छेत्री, शर्माको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो भने कार्यक्रममा पत्रकार, सर्जक सबिता थापा संकल्पको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजक पक्षबाट अवकाश प्राप्त शिक्षक शंकर राईको प्रंशसनीय अनि सराहनीय कार्यको विशेष प्रंशसा गर्दै उपस्थित अतिथिहरूको बाहुलीबाट अभिनन्दन पत्र जसलाई ग्राम सहायक सारिका सुब्बाद्वारा पठन गरिएपछि प्रदान गरियो भने यसको साथै शिरशोभा अनि उपहारद्वारा विभुषित पनि गरियो।

कार्यक्रममा पञ्चायत कर्मी देवकुमार विश्वकर्मद्वारा विधिवतरूपमा कार्यक्रम सञ्चालन गरिएको थियो भने कार्यक्रमको प्रथममा जिष्णुलाल शर्माले शिक्षक साथै बीएलओ शंकर राईले आजपर्यन्त आफ्नो अथक सहयोग अनि सेवा कार्यालयलाई पुर्‍याउँदै आएको बताए भने आफ्नो कुनै पनि स्थिति होस तर सर्वप्रथम पञ्चायत कार्यालयलाई प्रथम प्राथमिकता दिँदै सहयोग पुर्‍याउँदै आएको र शैक्षिक क्षेत्री साथै पञ्चायतको कुनै पनि कार्यप्रणालीमा उनको योगदान अतुलनीय छ भन्ने बताए। वक्तव्यकै क्रममा  शिक्षक बीएलओ शंकर राईले आफ्नो कार्यकालभरि आफ्नो कर्त्तव्यलाई निष्ठापूर्वक निर्वाह गरेवापत् बधाई टक्र्याउँदै अन्य अतिथिहरूले पनि आ-आफ्नो मन्तव्य राखे भने सम्मानित शंकर राईले ग्राम पञ्चायत टुद्वारा आज जुन सम्मान गरियो यसको निम्ति हार्दिक आभार व्यक्त गरे भने आफ्नो कामको यसप्रकार अति नै उत्तमतौरमा मूल्यांकन गर्दै गरिएको यस सम्मान मेरो निम्ति धेरै विशिष्ट साथै सर्वोत्कृष्ट सम्मान भएको छ यसोस् सबै सबैलाई धन्यवाद र पञ्चायतको कुनै पनि कार्यक्रममा मेरो आवश्यकता परेमा म अवश्य हाजिर भएको हुनेछु भन्ने बताउँदै सबैप्रति आभार व्यक्त गरे।

सम्मानित शंकर राई अनि उनकी श्रीमती दुवैको बाहुलीबाट उपस्थित सम्पूर्ण कार्यालय प्रतिनिधिवर्गलाई श्रद्धार्पण गरे भने उपस्थित सबै अतिथि अनि सदस्यहरूद्वारा शंकर राई अनि उनकी श्रीमतीलाई आआफ्नो तर्फबाट श्रद्धार्पण गरे। कार्यक्रमको अन्त्यमा अध्यक्षा साथै ग्राम पञ्चायत टु सचिवा निलिमा गुरूङले उक्त भव्य कार्यक्रमको निम्ति सबैप्रति आभार प्रकट गरे भने विभिन्न विभागबाट आएका सबैप्रति धन्यवाद दिएपछि सम्मानित व्यक्तित्व शंकर राईले पञ्चायत कार्यालयको जुन पनि कार्यक्रममा आफ्नो अहम् भूमिका निर्वाह गर्दै आइदिएको बताउँदै उनको जुन काम गराइ छ त्यो अति नै श्रेष्ठ छ यसैले आउँदो दिनमा पनि उनले अवकाश ग्रहण गरे तापनि पनि कार्यालयको कार्यमा यहाँको सहभागिता हुनपर्छ भन्ने बताउँदै शंकर राईप्रति निवेदन गरे भने कार्यक्रममा आफ्नो सक्रिय उपस्थिति दिएकोमा आभार पनि व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरिन् भनी पत्रकार सबिता संकल्पले जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement