कर्जीमा ४८औं राज्य दिवस मनाइयो

sday_16

गेजिङः कर्जी सरकारी माध्यमिक विद्यालयमा आज ४८औं राज्य दिवस मनाइयो। विद्यालय प्रबन्धन समितिको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा योक्समका एसडीएम छिरिङ टी. भोटिया मुख्य अतिथि थिए। मुख्य अतिथि एसडीएम भोटियाले कार्यक्रममा सहभागी बन्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै राज्य दिवसको इतिहास र यसको महत्वमाथि प्रकाश पारे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा सिक्किममा उल्लेखनीय विकास भइरहेको छ भनी बताए। उनले सरकारका कतिपय जनमुखी योजनाहरूमाथि पनि प्रकाश पारे। यस अवसरमा विद्यार्थीहरूलाई लिएर विभिन्न प्रतियोगिताहरू पनि आयोजन गरिएको थियो।

-हिस

About Author

Advertisement