मङपु: आज मङपुमा मारुती सुजुकी गाडीको सोरुम पोद्दार कारवाल्ड कम्पनीद्वारा उद्घाटन गरियो। आजको सोरुम उद्घाटन समारोहमा महेन्द्र फाईनेन्स,चोला फाईनेन्स अनि अन्य फाईनेन्स कम्पनीका व्यवस्थापकहरु उपस्थित थिए। मङपु, सिटोङ, तक्दाह, टिस्टाभेल्ली, पुबुङ, नामरिङ, राजमार्गदशन लोहापुल, रम्बी वरिपरि क्षेत्रका ग्राहाकहरुले मङपु सोरुमबाट गाडी किन्नु सक्ने कुरा पोद्दार कारवार्डका व्यवस्थापकले बताए। मारुती सुजुकीको सम्पूर्ण गाडीहरु नै यसै सोरुममा उपलब्द हुने अनि सम्पूर्ण कम्पनीले मङपुबाट नै फाईनेन्स गर्ने कुरा पोद्दार कारवारल्डका व्यवस्थापकले जनाए। अब स्थानीयहरुले मोबाईल भ्यान मार्फत गाडी सर्भिसिङ पनि मङपु भित्र नै पाउने बताउँदै मङपुको पोद्दार कारवार्ल्ड सोरुमबाट नै सबै ग्राहकहरुले गाडी किनीदिने व्यवस्थापक संजीव भारती र राजेश मिश्रले आहवान गरेका छन्।










