के-लीगः नादोङ भूटिया एफए-को रोमाञ्चक जीत

IMG-20230517-WA0292.jpg

१७ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा नादोङ भूटिया फूटबल एकाडमीले आफ्नो दोस्रो जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा बुधवार खेलिएको रोमाञ्चक म्याचमा नादोङ भूटिया एफए-ले बोंग एफसी-लाई २-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट पेमा तामाङले ३३औं र भीम टी लेप्चाले ९०औं मिनटमा गोल गरे। यसरी बोंग एफसी-बाट अगैया शर्माले १ गोल गरे। विजेता टीमका लान्छ्यो लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ।

यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। बुधवार खेलिने म्याचमा युनाइटेड ब्रदर्स र हिमालश्री एथलेटिक क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।

About Author

Advertisement