१७ मईः भारत र पाकिस्तानो फूटबल टीमबीच लगभग पाँच सालपछि भिड़न्त हुनेछ कारण यी दुई देशलाई बेंगलुरुमा २१ जूनदेखि ४ जुलाईसम्म हुने साफ च्याम्पियनशीप २०२३-को निम्ति एउटै ग्रुपमा राखिएको छ। दक्षिण एशियाई फूटबल महासंघ (साफ) कपको १४औं संस्करणको ड्र बुधवार भयो। यसमा गत च्याम्पियन भारत, पाकिस्तान, कुवेत र नेपाललाई ग्रुप ए-मा स्थान प्राप्त भयो। यसरी लेबनान, मालद्वीप, बंग्लादेश र भूटानलाई ग्रुप बी-मा राखिएको छ। ग्रुप म्याचहरू राउण्ड रोबिन प्रारूपमा खेलिनेछ अनि प्रत्येक ग्रुपबाट शीर्ष दुईमा रहने टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। आठवटा देशको यो टुर्नामेण्ट कांतीर्वा स्टेडियममा खेलिनेछ। टुर्नामेण्टलाई अधिक प्रतिस्पर्धी बनाउन दक्षिण एशिया बाहिरका दुईवटा देश लेबनान र कुवेतलाई प्रतियोगितामा हिस्सा लिन आमन्त्रित गरिएको छ। लेबनान ९९औं स्थानको साथ टुर्नामेण्टमा हिस्सा लिने सर्वश्रेष्ठ ऱ्यांकिंग भएको टीम हो। पाकिस्तान १९५औं स्थानको साथ सबैभन्दा खराब ऱ्यांकिंग भएको टीम हो। भारत १०१औं स्थानको साथ दोस्रो सर्वश्रेष्ठ ऱ्यांकिंग भएको टीम हो। टुर्नामेण्टको उद्घाटन म्याचमा २१ जूनको दिन भारत र पाकिस्तानबीच भिड़न्त हुनेछ।










