पाकिम जिल्लामा जीवन्त गाउॅं कार्यक्रमको निम्ति फदमचेन प्रस्तावित

IMG-20230517-WA0320.jpg

पाकिमः पाकिममा बिहिवार जीवन्त गाउॅं कार्यक्रमको निम्ति जिल्ला स्तरीय समितिको बैठक जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा बस्यो। उनले फदमचेन गाउॅंलाई जीवन्त गाउॅं कार्यक्रमको निम्ति प्रस्तावित गरिएको बैठकमा जानकारी गराए।

जिल्लापालले जीवन्त गाउॅं कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सीमान्त समुदायहरूका लागि स्थानीय, प्राकृतिक, मानवीय र अन्य संसाधनहरू आधारित आर्थिक स्रोतहरू अन्वेषण गर्नु र विकास गर्नु रहेको बताए। यसैगरी, यसको अर्को उद्देश्य युवाहरू र महिलाहरूको कौशल विकासको माध्यमद्वारा सशक्तिकरण रहेको उनले बताए।

यस अतिरिक्त सीमा क्षेत्रहरूमा पर्यटन विकास, स्थानीय युवाहरूलाई रोजगारका विकल्प प्रदान गर्नु, एक गाउॅं-एक उत्पादलाई बढावा दिनु आदि पनि यसको उद्देश्य रहेको उनले अवगत गराए। जिल्ला प्रशासनले केन्द्रिय र राज्य योजनाहरूको सतप्रतिशत संतृप्तता सुनिश्चित गर्न ग्राम पञ्चायतहरूको सहयोगमा कार्य योजना तयार गर्नेछ भनी उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement