जलपाइगढी: जलपाइगढी जिल्लामा विकास जारी छ। व्यवस्थापिका संसदको अर्थ, योजना तथा तथ्याङ्क सम्बन्धी स्थायी समितिका अध्यक्षले जिल्लाका विभिन्न विकास निर्माण तथा आयोजनाको समीक्षा गरी सो जानकारी दिएका हुन् । यस उच्चस्तरीय समितिका प्रतिनिधिहरूले बुधबार जलपाइगढी जिल्लाको भ्रमण गर्दा यस्तो बताएका हुन्। यस दिन स्थायी समितिका सदस्यहरूले जिल्ला अधिकारी, जिल्ला परिषद अध्यक्ष र उत्तर बङ्गाल विकास बोर्डका पदाधिकारीहरूसँग बैठक गरेका थिए। उनले जिल्लाका विभिन्न विकास निर्माणका कामको समीक्षा गरेका थिए । बैठकको अन्त्यमा स्थायी समितिका अध्यक्ष देवब्रत मजुमदारले चियाबारीमा काम गर्ने आमालाई आफ्ना साना छोराछोरी पाल्नका लागि जिल्लामा स्वास्थ्य केन्द्र र विभिन्न सडक निर्माण, क्रेच हाउस निर्माण भइरहेको बताए।