खरसाङ: सूचना अनि सांस्कृतिक विभाग खरसाङको अवकाशप्राप्त कर्मचारी शंकर छेत्रीलाई सम्मान जनाइएको छ। उक्त सम्मान सूचना अनि सांस्कृतिक विभाग खरसाङको कर्मचारीहरू अवकाशप्राप्त कर्मचारी शंकर छेत्रीको खरसाङको वार्ड नम्बर १८, भानु टोलमा पुगेर नै सम्मान जनाएका छन्। सूचना अनि सांस्कृतिक विभाग खरसाङको इन्चार्ज गोबिन छेत्रीको अगुवाईमा कर्मचारीहरू घरमै पुगेर अवकाशप्राप्त कर्मचारी शंकर छेत्रीलाई सम्मान जनाएका छन्।

शंकर छेत्री सूचना अनि सांस्कृतिक विभाग खरसाङबाट सफाई कर्मचारीको रूपमा विगत २००३ देखि कार्य गर्दै यसै वर्षको जनवरी महिनामा अवकाशप्राप्त भएका थिए। उनी हालमा अस्वस्थताको कारणले घरमै बसेको कारणले गर्दा सबैजना घरमै गएर सम्मान जनाएका छन्।