मदारीहाट: डुवर्सको मदारीहाटदेखि २४ किलोमीटर टाड़ामा रहेको टोटोपाड़ामा २४० परिवारहरूलाई राहत सामाग्रीहरू वितरण गरिएको छ। उक्त राहत सामाग्रीहरू वितरण कार्य सिलगढीको रियल रेस्टोरेशन मिनिस्ट्रीको आयोजनामा सम्पन्न गरिएको छ भने स्थानीय टोटोपाड़ाका पास्टर सन्देश टोटोको विशेष सहयोगमा आयोजना गरिएको थियो।

यस राहत वितरण कार्यमा टोटोपाड़ाका टोटो समुदाय र नेपाली समुदायका मानिसहरू गरी जम्मा २४० परिवारहरूलाई वितरण गरिएको छ जसमा प्रत्येक परिवारलाई २५ केजीको चामल वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त राहत वितरण कार्यमा रियल रेस्टोरेशन मिनिस्ट्री सिलगढीको पक्षमा मोजेस सन्यासी र वीरपाड़ाबाट फादर दिपक प्रधान उपस्थित रहेका थिए।

उक्त राहत वितरण कार्यमा आर्थिक सहयोग प्रदान गर्ने वेदीको प्रार्थना संगती र दिलमाया तामाङप्रति रियल रेस्टोरेशन मिनिस्ट्री सिलगढीको पक्षमा मोजेस सन्यासीले आभार प्रकट गरेका छन्।