स्वास्थ्य विभागका सभासद अरुण सिंग्चीद्वारा सुखे पोखरी अस्पतालको छड्के भ्रमण

IMG-20230517-WA0218.jpg

जीटीए क्षेत्रमा रहेका अस्पतालहरूमा स्वस्थ्यमाथि खेलवाड गर्नेहरूप्रति कठोर कार्वाही गरिने छ: अरुण सिंग्ची

दार्जिलिङ: आज बिहान अचानक जीटीएको स्वास्थ्य विभागका सभासद अरुण सिंग्ची सुखे पोखरी अस्पतालमा देखा परे। उनको साथमा क्षेत्रका सभासद उदय देवान पनि थिए। उक्त भ्रमण विषयमा सभासद अरुण सिंग्ची भने, यो उनको छड्के भ्रमण थियो। उनले भ्रमण समय अस्पतालमा बीएमओएच अनुपस्थित रहेको पाए।

उनले भने, “सुके खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको छड्के भ्रमणमा गएँ। बीपीएचसीमा बीएमओएच अनुपस्थित भएपछि सोकश नोटिस पठाउनु निर्देश दिएको छु।अन्य कर्मचारीहरूको अनुपस्थितिको पनि कारण बताउ नोटिस पठाउन लगाएको छु। सबैले आफ्नो काम गरेको हुनुपर्छ। सबैले आफ्नो काम गरेको हुनुपर्छ, कसैलाई अब माफी दिइँदैन। स्वस्थ्य हाम्रो सबैभन्दा ठूलो धन हो र अब जीटीए क्षेत्रमा रहेका अस्पतालहरूमा स्वस्थ्यमाथि खेलवाड गर्नेहरूप्रति कठोर कार्वाही गरिने छ।”
यस क्रममा अस्पतालमा भर्ना भएका विरामीहरूसँग पनि उनले कुराकानी गरेँ।

About Author

Advertisement