खरसाङ: खरसाङ नगरपालिकाको आयोजनामा खरसाङ महकुमा अस्पतालको मुनिपट्टि रहेको मैला फ्याँक्ने झ्याक्री सर सफाई गर्ने कार्य सम्पन्न गरेका छन्। विशेष गरी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको अगुवाईमा उक्त सर सफाई गरिएको छ। खरसाङ बजारलाई सफा राख्ने कार्य नगरपालिकाको मात्रै होइन तर हामी सम्पूर्ण जनताको पनि हो र मैलाहरू सठीक रूपमा फ्याँक्नु पर्ने भन्दै उक्त मैला फ्याँक्ने ढ्याङ सर सफाई गरिएको छ। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिकाको सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाको अगुवाईमा हरेक बिहान सर सफाई गरिए पनि निरन्तर मैला भईरहेको छ कारण मानिसहरूले मैलाहरू डस्टबिनमा सठीक रूपमा नहालेको कारणले मैलाहरू रहेकोले आज सर सफाई गरिएको जानकारी गराएका छन्। उनले भने, ‘खरसाङ बजार नगरपालिकाको मात्रै होइन हामी सबै जनताको हो त्यसैले सबैजनाले सफा राख्ने दायित्व पूरा गरिदिए राम्रो हुनेछ। विशेष गरी खरसाङ बजारलाई सफा राख्नुलाई मैलाहरू सही रूपमा मैला ढ्याङ्गमा फ्याँक्नु पर्ने हुन्छ। त्यसरी नै मैला ढ्याङ्गमा बाहिरपट्टि भातहरू राखिदिएको कारणले बाँदरहरू पनि आउने गरेकोले झन समस्या भईरहेको छ।’