अण्डर-१४ बोइज लीगः जीतको साथ शुरुवात गर्न सफल जेआर३२ एफए

IMG-20230517-WA0204.jpg

१७ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको पाँचौं दिन जेआर३२ फूटबल एकाडमीले रोमाञ्चक जीत हासिल गऱ्यो। स्थानीय चानमारी खेल मैदानमा बुधवार भएको म्याचमा जेआर३२ एफए-ले पुष्परानी रोय मेमोरियल हाई स्कूललाई २-०-ले पराजित गऱ्यो। आजको म्याचमा मुख्य रेफरी अभास प्रधान रहेका थिए। यसरी सहायकको रूपमा सलीम गुरुङ र सत्यम थापा थिए। फोर्थ अफिसियल नितेश देवान थिए।

खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। बिहीवार खेलिने म्याचमा कार्मेल हाई स्कूल र हिमाली बोर्डिंग स्कूलबीच भिड़न्त हुनेछ। म्याच दिउँसो १ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement