दार्जिलिङ: आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा पार्टी अध्यक्ष मन घिसिङको अध्यक्षतामा सांङ्ठनिक सभा सम्पन्न भएको छ। सभामा खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामा , प्रचार प्रसार सचिव भुपेन गुरुङ, गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, खरसाङ ब्राञ्च कमिटी एचपीडब्ल्यु अध्यक्ष अदिप राई , सचिव बिरेन्द्र छेत्री साथै विभिन्न समष्टिको प्रतिनिधिवर्गसँग भेटघाट गर्दै सांङ्ठनिक गतिविधि लगायत राजनैतिक विषयहरुमाथि चर्चा परिचर्चा गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।
यसै क्रममा मङ्पु लाठ्पञ्चर समष्टि अध्यक्ष केबी गुरुङको नेतृत्वमा नवगठित समष्टिका प्रतिनिधिवर्गसंग सांङ्ठनिक विषय लिएर अध्यक्ष मन घिसिङसंग चर्चा परिचर्चा गरियो। अध्यक्ष मन घिसिङद्वारा नवगठित प्रतिनिधिवर्गलाई खदा लगाएर बधाई दिन्दै शुभकामना व्यक्त गरे। सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष मन घिसिङले भने, हामी केवल मुद्दाप्रति केन्द्रित हुनुपर्छ। पहाडमा अहिले नानाथरिको हावा चल्दैछ। तर केन्द्र सरकारलाई हाम्रो विषय लिएर सम्पूर्ण ज्ञान छ। बजारमा नानाथरिको कुराहरु चल्दैछ यस्तो कुरामा हामी भुलिनु हुँदैन। केन्द्र सरकारले बोलेको हुनुपर्छ जबसम्म केन्द्र सरकारले बोल्दैन तबसम्म बजारको हावामा हामी भुलिनु हुँदैन। हामी केवल राजनैतिक समाधान चाहान्छौं अरु कुरामा भुलिनु हुँदैन। समय अब धेरै छैन सबै लागि पर्नुपर्छ मैले सबैसंग भेटघाट गर्दै चर्चा परिचर्चा गर्दछु। ढिलाइपन पनि हुँदैछ जनतामा आक्रोश पनि छ। म बुझ्छु केन्द्र सरकारले गोर्खाहरुप्रति गरेको वाचाहरु अब पूरा गर्नु पर्ने हुन्छ। कुनै ढिलासुस्ती नगरी गोर्खाहरुलाई न्याय दिनेछ भनेर विश्वस्त छु।अध्यक्ष मन घिसिङद्वारा पार्टीका नेतृत्ववर्ग अनि कार्यकर्ताहरुलाई संचेत भएर कार्य गरिदिने अपिल समेत गरेका छन्।