ससुरालीद्वारा हिन्दू ज्वाईँको हत्या, हिन्दू जागरण मञ्चले व्यक्त गऱ्यो चर्को आक्रोश

nat

खण्डवाः मध्य प्रदेशको खण्डवामा मुस्लिम ससुरालीद्वारा राजेन्द्र उपनाम राजूको शारीरिक यातना दिएर हत्या गरिएको घटनालाई लिएर हिन्दु समाजले प्रतिक्रिया व्यक्त गरेको छ। हिन्दू जागरण मञ्च एवं विश्व हिन्दू परिषदले यस सम्पूर्ण घटनाक्रममाथि आफ्नो चर्को आक्रोश व्यक्त गरेका छन्। यी दुवै संगठनका पदाधिकारीहरूले जिहादी मानसिकताविरूद्ध आन्दोलन शुरू गर्नका साथै पुलिसमाथि लापरबाहीको आरोप लगाएका छन्।

हिन्दू जागरण मञ्चका जिल्ला संयोजक डाक्टर अनीष अरझरेले भने, यदि पुलिस सचेत र गम्भीर भएको भए यो घटना घट्ने थिएन। यदि राजेन्द्रको सुनवाई भएको भए आज उ हामीमाझ जीवित हुन्थ्यो। उनले यो पनि भने, हिन्दू समाजद्वारा मुस्लिम युवतीसित विवाह गर्नुको अन्तर यही छ। राजेन्द्रले न त आफ्नी पत्नी अमरिनको नाम परिवर्तन गऱ्यो न धर्म नै। जबकि उसलाई आफ्ना माता-पितासित भेट गराउन उसको माइत समेत लिएर गयो। तर जिहादी सोच भएकाहरूले आफ्नै घरमा ज्वाईँलाई कुटेरै मारे। किनभने उ हिन्दू थियो।

उल्लेखनीय छ कि जिल्लाको पिपलोद थाना क्षेत्रमा बस्ने अमरिनका आफन्तहरूले कुटपिट गरेको कारणले उसको पति राजेन्द्रको हिजो बिहान मृत्यु भयो। राजेन्द्रलाई अमरिनकै छेउमा सासु, ससुरा र सालोले मिलेर यतिसाह्रो कुटपिट गरे कि उसको अस्पतालमै मृत्यु भयो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement