२५ हजारको इनामी बदमाश पुलिस भिड़न्तमा घाइते

nat

गाजियाबादः थाना लोनी पुलिसले बुधवार लोनीमा पुलिस भिड़न्तमा २५ हजार इनामी बदमाशलाई पक्राउ गरेको छ। पुलिसको गोलीले बदमाश घाइते भएको छ। बदमाशको एउटा आई-१० कार, एक पेस्तोल र कारतूस जफत गरिएको छ।

पुलिस उपायुक्त (ग्रामीण) रवि कुमारले जानकारी गराए, थाना लोनी पुलिस र स्वाट टीमले पुस्ता रोड खन्ना नगर चौकी क्षेत्रमा चेकिङ गरिरहेको थियो। संदिग्ध अवस्थामा गईरहेको एउटा कार सवारलाई चेकिङमा रोकिने इशारा गरियो तर कार सवार आफ्नो कारलाई तीव्र गतिमा कुदाउन थाले। कारलाई पछ्याउदा उसको कार सड़क छेउ फंस्यो। कार सवार तल झर्दै पुलिसमाथि गोलीबारी गर्दै भाग्न थाले।

पुलिस टीमले पनि जवाबी कारबाही गर्दै गोली चलायो। पुलिसको गोलीले बदमाश घाइते भएर लड्यो, जसपछि पुलिसले उसलाई समायो। सोधपुछमा पक्रा परेको बदमाशले आफ्नो पहिचान गोरी पट्टी लोनी निवासी मेहराजको रूपमा गराएको छ। उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement