मेट्रोमा अश्लील व्यवहार गर्ने व्यक्तिको पुलिसले जारी गऱ्यो फोटो

nat

नयाँ दिल्लीः राजधानी दिल्लीको लाइफ लाइन भनिने मेट्रोभित्र अश्लील व्यवहारको मामिला बढ्दै नै गइरहेको छ। गत केही दिनअघि कथित रूपमा अश्लील व्यवहार गर्दै गरेको एक व्यक्तिको भीडियो भाइरल भएपछि दिल्ली पुलिस एक्शन मोडमा आएको छ।

आईजीआई मेट्रो स्टेशनमा यस पूरा मामिलालाई लिएर एक प्राथमिकी दर्ता गरिएको छ। यसका साथै आईजीआई मेट्रो पलिसले यस व्यक्तिको फोटो पनि जारी गरेको छ। पुलिसले एक सन्देश जारी गर्दै भनेको छ, यस युवकबारे कसैलाई कुनै जानकारी छ भने उसले तुरन्तै एसएचओ आईजीआई मेट्रोको मोबाइल नम्बर ८७५०८७१३२६ वा दिल्ली पुलिसलाई १५११ मेट्रो कन्ट्रोल रूम वा ११२ हेल्पलाइन नम्बरमा सूचित गर्नसक्छ। सूचना दिनेको नाम र ठेगाना गोपनीय राखिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement