बंगाल सरकारले गांगुलीलाई जेड सुरक्षा दिने

IMG-20230410-WA0169.jpg

कोलकाताः टीम इण्डियाका पूर्व कप्तान एवं भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का पूर्व अध्यक्ष सौरभ गांगुलीलाई राज्य सरकारले जेड श्रेणीको सुरक्षा दिने भएको छ। कोलकाता पुलिस सूत्रहरूले यसको पुष्टि पनि गरेको छ। जानकारी अनुसार, हालमा आईबी इनपुटपछि गांगुलीको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो।

एक दिनअघि मंगलवार ठाकुरपुकुर थाना पुलिस कोलकाता पुलिसको स्पेशल ब्राञ्चका अधिकारीहरूका साथ सौरभ गांगुलीको घर गएका थिए। त्यसमा कोलकाता ट्राफिक पुलिसका अधिकारी पनि सामेल थिए। गांगुलीका सेक्रेटरीको साथ लगभग एक घण्टासम्म समीक्षा बैठक चल्यो। यद्यपि, न त गांगुलीको परिवार न त कोलकाताको पुलिसको तर्फबाट नै यसबारे आधिकारिक रूपमा कुनै जानकारी दिइएको छ।

तर सूत्रहरूले बताए अनुसार, गांगुलीलाई यही हप्ता जेड श्रेणीको सुरक्षा दिइनेछ। अहिले उनलाई वाई श्रेणीको सुरक्षा प्राप्त छ। आतङ्की संगठन लश्कर-ए-तैयबाले लगभग दुई दशकअघि सौरभ गांगुलीलाई किडन्याप गर्ने धमकी दिएको थियो, जसपछि उनलाई जेड प्लस सुरक्षा दिइएको थियो। यद्यपि, पछि त्यसलाई वाईमा परिणत गरिएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement