राँचीः झारखण्ड हाईकोर्टका जस्टिस डा. एसएन पाठकको कोर्टमा बुधवार स्थानीय विषय ‘हो’ को निम्ति असिस्टेन्ट प्रोफेसर नियुक्तिमा साक्षात्कार लिइएको एक वर्ष बितेपछि पनि जेपीएससीद्वारा रिजल्ट जारी नगरिनुलाई लिएर सरस्वती गगराई एवं अन्यको रिट याचिकाको सुनवाई भयो। कोर्टले मामिलामा जेपीएससीलाई ३१ जुलाईअघि रिजल्ट जारी गर्ने निर्देश दिएको छ।
कोर्टले मामिलालाई निष्पादित गऱ्यो। याचिकाकर्ताको तर्फबाट अधिवक्ता शुभाशीष रसिक सोरेनले वकालत गरे। वस्तुतः हो विषयको निम्ति असिस्टेन्ट प्रोफेसर नियुक्ति प्रक्रिया वर्ष २०१८ मा शुरू भएको थियो। केही कारणहरूले गर्दा वर्ष २०१९ मा यस प्रक्रियामा बाधा आएको थियो। पछि वर्ष २०२२ मा फेरि प्रक्रिया शुरू भएको थियो। यसमा २८ मार्च २०२२ मा लगभग २० अभ्यर्थीको साक्षात्कार लिइएको थियो तर रिजल्ट जारी नभएकोले याचिकाकर्ताले हाईकोर्टमा याचिका दर्ता गरेका थिए। जेपीएससीले असिस्टेन्ट प्रोफेसरमा हो विषयको निम्ति लगभग सात पदको निम्ति विज्ञापन निकालेको थियो।
-हिस