जम्मूः जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा आज (बुधवार) यातायात सामान्य रहेको छ। सवारी साधनहरूको निम्ति दुवै दिशाबाट आवागमन खुल्ला छ। साना अनि हल्का दुवै सवारी साधनहरूलाई बिहानदेखि आवागमनको अनुमति दिइएको छ। साना अनि हल्का सवारी साधनहरू पछि ठूला वाहनहरूलाई जाने अनुमति दिइने छ। यस पछि मात्र सुरक्षा बलहरूका वाहनहरूलाई जाने अनुमति दिइने छ।
अर्कोतिर, राजौरी र पुन्छ जिल्लालाई दक्षिण कश्मीरको शोपियांसॅंग जोड्ने मुगल रोड आज पनि हिमपातको कारण बन्द छ। अधिकारीहरू अनुसार, निर्धारित समयपछि सवारी साधानहरूलाई राष्ट्रिय तथा अन्य मार्गहरूमा आवागमनको अनुमति दिइने छैन।
-हिस