कोलकाताः कोलकाता हाई कोर्टले आज (बुधवार) पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा महत्वपूर्ण फसेला सुनाउने छ। यो फसेलाले अभिषेक ब्यानर्जी र पक्रा पर्ने आरोपितलाई एकै ठाउॅंमा राखेर सोधपुछ हुनेछ अथवा छैन भन्ने कुरा तय गर्नेछ। एकल पीठले यस मामिलामा पक्रा परेका तृणमूल कांग्रेसका निष्कासित नेता कुन्तल घोषको पत्रको सन्दर्भमा अभिषेक ब्यानर्जीमाथि फसेला सुनाउने छ। कुन्तलले डिस्ट्रिक्ट जज र कोलकाता पुलिसलाई लेखेको पत्रमा केन्द्रिय जॉंच एजेन्सीले सोधपुछको क्रममा उनीमाथि अभिषेक ब्यानर्जीको नाम लिन दबाउ बनाइरहेको दाबी गरेका थिए।
यस विषयमा केन्द्रिय एजेन्सीले जस्टिस अभिजीत गांगुलीको एकल पीठमा याचिका दर्ता गरेर पत्रमा एजेन्सीलाई बद्नाम गर्न निराधार कुराहरू लेखिएको बताएको थियो। यसपछि, जस्टिस गांगुलीले अभिषेक र घोषलाई एकै ठाउॅंमा राखेर सोधपुछ गर्ने आदेश दिएको थियो। यसपछि उक्त मामिला सुप्रीम कोर्ट पुग्यो। यस मामिलाको सुनवाईको निम्ति जस्टिस अमृता सिन्हाको एकल पीठमा ट्रान्सफर गरिएको छ। अभिषेक ब्यानर्जीले पत्र लेखेर यस मामिलामा उनलाई अलग राख्ने माग गरेका छन्। एकल पीठमा यस मामिलामा सोमवार अबेर सॉंझ सुनवाई पूरा भएको थिए। फसेला आज सुनाइने छ।
-हिस