कारको एयर कन्डिसनरमा ग्यास भर्ने क्रममा सिलिण्डर विष्फोट

cdd1cd96-f7e1-4fac-a1a5-63ec311d00ce-1
  • सैनिक जवान सहित ग्यारेजका ३ कर्मचारी गम्भीर घाइते

सिलगढी: सेनाको गाडीको एयर कन्डिसनरमा इन्धन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना गम्भीर घाइते भएका छन्। घटना सिलगढी नगरपालिकाको वडा नम्बर १३ को पंजाबी पाडा क्षेत्रमा भएको हो। बुधबार बिहान ग्यारेजका कर्मचारीले सेनाको गाडीको एयर कन्डिसनरमा ग्यास भरिरहेका थिए। त्यसपछि कार भित्रको एयर कन्डिसनरको ग्यास सिलिन्डर विस्फोट हुँदा ग्यारेजका तीनजना कामदार र एक सेनाका जवान गम्भीर घाइते भएका थिए। घटनाको खबर पाएलगत्तै वडाका पार्षद र मेयर माणिक दे घटनास्थल पुगेका थिए। उक्त ग्यारेजमा केही दिनदेखि गैरकानुनी रूपमा कारको एयर कन्डिसनरमा ग्यास भर्दै आएको स्थानीयवासीले गुनासो गरेका छन्। यस विषयमा काउन्सिलर र प्रशासनले कुनै पहल गरेनन्। घटनापछि पुलिस घटनास्थल पुगेको थियो। पानीटयाङ्की चौकी पुलिसले सबै घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement