जलपाइगढीको कार्ला नदीबाट अवैध बालुवा उत्खनन

bad9bccf-5e10-4855-91a7-7fed902c3c1a

जलपाइगढी: नदीबाट अवैध बालुवा उत्खनन भइरहेको छ। यी अवैध बालुवा व्यवसायीमा प्रशासनको एक हिस्सा संलग्न रहेको आरोप छ। बुधबार बिहान जलपाईगुडी सदर ब्लकको गौरीहाट कार्ला नदीबाट अवैध बालुवा उत्खननको तस्बिर मिडिया कर्मीको क्यामेरामा कैद भएको थियो। इजाजत नपाएकाले अवैध रुपमा बालुवा उत्खनन गरिरहेको बालुवा व्यवसायी बताउँछन्। जिल्लाका ७० वटा नदीघाटका लागि अनुमति दिइएको पुलिस उपरीक्षकले जानकारी दिए। पुलिसले अवैध बालुवा उत्खननविरुद्ध अभियान चलाइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement