पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगिता २७ मईदेखि

IMG-20230517-WA0111.jpg

१७ मईः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आउँदो २७ मईदेखि पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगिता आयोजन गरिनेछ। यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा हुने यस प्रतियोगितामा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क २५०० रुपियाँ तोकिएको छ। टुर्नामेण्टमा नाम पञ्जीकरण गराउने अन्तिम मिति २१ मई रहेको छ।
सम्पर्क नम्बरः
८६१७५९८४८७, ७००१५५५६९८, ७४०७५०६९८०

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement