१७ मईः अष्ट्रेलियाका अनुभवी टेनिस खेलाड़ी निक किर्गियोसले घुँड़ाको चोटले गर्दा फ्रेञ्च ओपन २०२३-मा खेल्न सक्नेछैनन्। यस ग्राण्ड स्ल्याम प्रतियोगिताको आयोजक फ्रेञ्च टेनिस फेडरेशन (एफएफटी)-ले यसको पुष्टि गरेको छ। रोलां ग्यारोमा अहिलेसम्म ५ पल्ट हिस्सा लिए पनि किर्गियोसले खिताब जित्न सकेका छैनन्। उनले पाँचमा केवल दुईपल्ट तेस्रो राउण्डमा स्थान बनाएका छन्। विम्बल्डन २०२२-का फाइनलिस्ट किर्गियोसले २०१७-मा दोस्रो राउण्डमा बाहिर भएपछि फ्रेञ्च ओपनमा खेलेका छैनन्। जनवरीमा अष्ट्रेलियन ओपनबाट हटेपछि घुँड़ाको सर्जरी गराउने किर्गियोसको निम्ति यो साल समस्याले भरिएको रहेको छ। उनीमाथि फरवरीमा आफ्नो पूर्व गर्लफ्रेण्डसँग कुटपीट गरेको आरोप पनि लागेको थियो। त्यस समय मेजिस्ट्रेटले यसलाई एकपल्टको मूर्खता बताउँदै मामिलालाई खतम गरेको थियो।