कालेबुङका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय योग दिवस भब्यतासङ पालन

photocollage_2022621231030601.jpg

कालेबुङ। स्वाधीनताको ७५ बर्ष अमृत महोत्सव कालेबुङ जिल्ला समिति द्वारा आज अन्तर्राष्ट्रिय योग दिवस गुरुबथान स्थित युद्धवीर उच्चतर पाठशाला, केन्द्रिय बिद्यालय, अलगडा उच्चतर पाठाशाला, कुमुदिनी बिद्यालय, जुबली स्कुल, निम्बोङ लगायत कालेबुङका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय योग दिवस भब्यतासङ पालन गरियो। गुरुबथान उच्च बिद्यालयमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष देबेन्द्र दाहाल, कमला दाहाल, सचिव सुमन बस्नेत, कुमार छेत्री लगायत योग शिक्षक बिरेन्द्र ढकाल, मिलन प्रधान, पाठशालाका सह प्राचार्य बिशाल परियार, शिक्षक वसन्त गुरुङ, बिनोद गौतम, किरण प्रधान आदिको बिशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement