जोरथाङ: सृजनशील साहित्य लेखन मञ्चको महासचिव जयन्ती मुखियाको घरपतित्तवमा सृजनशील साहित्य लेखन मञ्चको ७७औं प्रकरण जोरथाङको एसएनटी परिसरको नेपाली संस्कृति संरक्षण भवनमा सम्पन्न भयो। नेपाली संस्कृति संरक्षणका अध्यक्ष एंव सृजनशील साहित्य वेखन मञ्चका मुख्य सल्लाहकार बिरेनचन्द्र राईको सभापत्तिवमा कार्यक्रमको आरम्भ गरियो।
घरपत्तित्व जयन्ती मुखिया, अध्यक्ष रजनी पेगा, सभापति बिरेनचन्द्र राई र सल्लाहकार टीका गुरुङलाई खदा लाएपछि कार्यक्रममा आएका आगन्तुक साहित्य अनुरागीहरुलाई स्वागत जनाउँदै मञ्चका एक सदस्य शिव कुमार नेपालको आमाको निधनमा समवेदना र श्रद्धाञ्जली प्रकट गरियो। यसरी भेला भएर साहित्यिक कार्यक्रम आयोजन गर्नुको उद्देश्यबारे रवि रोदनले प्रकास पारे। साहित्य समाजको निम्ति र समाजको प्रतिनिधि गर्न सङ्गल रहने उल्लेख गरे। मञ्चले आाउँदो दिनमा साहित्यिक गतिविधि छुट्टै प्रकारले विशेष प्रभावशाली रुपमा विद्यार्थीमुखी कार्यक्रमको रुपमा गरिनेबारे बताए। प्रत्येक महिनाको दोस्रो शनिवार प्रकरण गरिने र सो दिनको लागि सदस्यहरुले आफ्नो समय निकालेर उपस्थिति दिनुपर्नेबारे आाग्रह गरियो। कार्यक्रममा उपस्थित तारा सुन्दास, डिके बराइली, मिलन थुलुङ, पूजा गुप्ता, जयन्ती मुखिया, रजनी पेघा र रवि रोदनले साहित्यिक रचनाहरु पाठ गरे। अध्यक्ष रजनी पेगाले मञ्चले साहित्यिक गतिविधिलाई सुचारु रुपमा निरन्तरता दिँदै लानुपर्ने साथै लेखन क्षेत्रमा रुचि देखाउने सर्जकहरुलाई प्रोत्सहान दिँदै उनीहरुको सृजनाको कदर गर्न मौका र हौसला दिनुपर्ने बताइन्। पूर्व अध्यक्ष टीका गुरङले लकडाउन पूर्व जसरी मञ्चले विद्यार्थीहरुलाई लिएर जुन कार्यक्रम गर्दै थियो सो अब ङ्गेरि गरिनुपर्ने र विद्यार्थीहरुमा साहित्यप्रतिको चासो जगाउने कुरामा जोड दिनुपर्ने कुरा राखे। सभाध्यक्षको आसनबाट बिरेनचन्द्र राइले जोरथाङमा निर्माण हुँदै गरेको सांस्कृतिक भवन र त्यससित सम्बन्धित कुराहरुबारे बताए। जोरथाङ वरिपरिका संघ संस्थाहरु सबैसित जुडेर नेपाली संस्कृति संरक्षण गरिनुपर्ने र साहित्य भने यसको मुटु रहेको कुरा बताए। कार्यक्रमलाई प्रचार सचिव श्री रवि रोदनले सञ्चालन गरेका थिए।