सिक्किम पुलिसका पूर्व डीजीलाई कर्मयोगी प्रशंसापत्र प्रदान गरिने

Sikkim_police_logo.svg_.png

गान्तोक: सिक्किम पुलिसका पूर्व महानिर्देशक सीएम रवीन्द्रनले २०२३ को लागि पश्चिम बङ्गालका राज्यपालको कर्मयोगी उत्कृष्टता पुरस्कार प्राप्त गर्न लागेका छन्। यो पुरस्कार यस वर्षदेखि राजभवनमा पहिलो पटक स्थापना गरिएको छ। आज राजभवनमा सिक्किमको स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो।
सीएम रवीन्द्रन १९७७ को सिक्किम क्याडरका आईपीएस अधिकारी थिए र उनले ३१ जुलाई, २००५ मा टीएन तेञ्जिङको सेवानिवृत्तिपछि सिक्किमको जिम्मेवारी लिए।
सीएम रवीन्द्रनलाई राज्यको पुलिस कार्यसम्पादन सुधार गर्न र पुलिस बलको कल्याणका लागि उनको अमूल्य योगदानको लागि पुरस्कारको लागि छनोट गरिएको थियो। रवीन्द्रनले चीनसँग सीमा जोडिएको राज्यका विभिन्न संवेदनशील क्षेत्रमा काम गरेका थिए। अक्टोबर २००९ मा श्री रवीन्द्रनले पाँचदिने इन्टरपोल बैठकमा पनि भाग लिएका थिए। यो पुरस्कार स्वरूप रु. १ लाख नगद सहित सम्मान पत्र प्रदान गरिनेछ। (पीआईबी)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *