खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आज बुद्ध जयन्तीको अवसरमा सबैलाई शुभकामना दिएका छन्। उनी आज खरसाङ क्षेत्रका विभिन्न गुम्बाहरूमा आयोजित बुद्ध जयन्ती समारोहहरूमा आफ्नो सहभागिता दिन पुगेका थिए। यस अवधि उनले सम्पूर्ण देशवासीप्रति शुभकामना दिँदै भगवान बुद्धको मार्ग दर्शनमा सबै हिँड़ने तथा सबैले शान्ति अनि सम्वृद्धिको दिशामा अघि बढ़ने आग्रह गरे। थापाले आफ्नो भ्रमण आज खरसाङको लंगभ्यूदेखि शुरू गरिएको औ खरसाङ क्षेत्रका विभिन्न पूजा स्थल तथा गुम्बाहरूतिर पुग्ने जनाएका छन्।