सिलगढी: शिशु तस्करी गर्ने प्रयास गरेको आरोपमा २ जना हिरासतमा लिएको छ। तिनीहरुबाट ३ जना शिशु कन्या पनि उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढीको विधान मार्केट संलग्न इलाकामा दुईजना महिला टोटो रोकेर खाना खाने कुरा गर्दा तिनीहरूसित भएका ३ जना शिशुहरू रून थाले। यसले गर्दा स्थानीय मानिसहरु लगायत टोटो चालकलाई ती महिलाहरूमाथि शंका लागेपछि टोटो चालकले ३ जना शिशु सहित २ जना महिलालाई एयरभ्यू मोड ट्राफिक पुलिसलाई सुम्पिदिए। यसपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर १३ जना शिशु सहित ३ जना महिलालाई थानामा लगेको बताइएको छ। थानामा सो महिलाहरूसित पुलिसले सोधखोज गर्दा तिनीहरूमध्ये एकजना जम्मू कश्मिरको ले निवासी रहेको साथै ३ जना शिशु कन्या चोपडा निवासी रहेको थाहा पाए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।