जङ्गलमा शिकार खेल्न गएका एक युवक पक्राउ

23-25-04-226c6de8-49ad-4ffd-a4b9-27b84aa9f491-1024x651.jpg

सिलगढी: शिकार गर्न गएका एकजना युवकलाई जंगलमा नै पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक भेलकीपाडा निवासी २० वर्षीय विष्णु दासको रूपमा चिन्हित गरिएको छ। बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जका कर्मचारीहरूले फाराबारी इलाकामा टहलदारी गरिरहेको समय एकजना युवकले जङ्गलमा पशुपक्षीहरूको शिकार गरिरहेको देखे। सो युवकले जङ्गलमा आगो लगाएर पशुपक्षीहरूको शिकार गरिरहेको थियो। वनकर्मीहरूले त्यस युवकलाई पक्रनको साथै एउटा थैलाबाट क्याटिस र पक्षीहरूको शिकार गर्नको लागि २३५ वटा ढुङ्गा उद्धार गरेको बताइएको छ। यस सम्बन्धमा एडीएफओ देवाशीष कुमार भन्जले भने, उक्त युवकलाई यसभन्द अघि पनि जङ्गलमा भेट्टाइएको थियो। त्यस समय कुनै प्रमाण बिना तिनलाई पक्राउ गर्न सकिएको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement