नेहरू युवा केन्द्र, गान्तोकले अन्तरराष्ट्रिय योग दिवस पालन

IMG_20220621_230417.jpg

गान्तोक। नेहरू युवा केन्द्र, गान्तोकले मिडल स्यारी सरकारी स्कूलमा अन्तरराष्ट्रिय योग दिवस पालन गरे। यस अवसरमा गान्तोकका एनवाईभी, युथ क्लबका सदस्यहरूका साथमा विद्यार्थीहरूले सहभागिता जनाए। यस अवसरमा खेलकूद एवं युवा मामिला विभागका संयुक्त निर्देसक डोनिभ राई मुख्य अतिथि तथा पञ्चायत सञ्जीत तामाङ, सीएलसी अध्यक्ष लाक्पा शेर्पा, वार्ड पञ्चायत श्रीमती सृजना गुरुङ र सामाजिक अभियानकर्मी नरेश तामाङ विशेष रूपमा उपस्थित थिए।

सबै प्रतिभागीलाई रेङ्गा तामाङ, सीमा राई, अशोक छेत्री अनि अनिल आचार्यले योग अभ्यासको तरिका सिकाउँदै योग गराए। मुख्य अतिथि डोनिभ राईले अन्तरराष्ट्रिय योग दिवसको पृष्ठभूमिका साथमा यसले आज वैश्विक स्तरमा लोकप्रियता कमाएको विषयमा जानकारी गराए। यसै गरी योग गुरु रेङ्गा तामाङले हाम्रो दैनन्दिन जीवनमा योगको महत्त्वबारे जिनकारी दिए। सीमा राईले यस वर्षको अन्तरराष्ट्रिय योग दिवसको ध्येय वाक्य “मानवताको निम्ति योग” रहेको विषयमा प्रकाश पारिन्। कार्यक्रममा ४६ महिला अनि ९५ पुरुष गरी कूल १४१ प्रतिभागी रहेको जानकारी पीआईबीले दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement