सिलगढी: उत्तरबंग विश्वविद्यालयको वनस्पति विज्ञान विभागमा अत्याधुनिक डीएसटी १ (डिपार्टमेन्ट अफ साइन्स टेक्नोलजी) सेन्ट्रल इन्स्ट्रुमेन्टेसन फेसेलिटी र कम्प्युटर ल्याबको उद्घाटन गरियो। उत्तर बंगाल विश्वविद्यालयका कार्यवाहक कुलपति ओमप्रकाश मिश्राले आज दुईवटा ल्याबको विधिवत् उद्घाटन गरे। यस अवसरमा वनस्पति विज्ञान विभागका प्रमुख मनोरञ्जन चौधरी, डीन सुभाष चन्द्र राय सहित अन्य अधिकारीहरू उपस्थित थिए। भारत सरकारको विज्ञान एवम् प्रौद्योगिकी विभागको पहलमा उत्तरबंग विश्वविद्यालयमा अत्याधुनिक प्रयोगशाला बनाउने तथा विभागीय बुनियादी ढाँचाको विकास गर्नको लागि लगभग डेढ़ करोड़ रुपियाँ आवन्टित गरिएको छ। यस ल्याबमा माइक्रोस्कोप, माइनस ८० डिग्री, कार्बन डाइअक्साइड इनक्युबेटर, कम्प्युटर, प्रिन्टर और अन्य उन्नत उपकरण लगाइको छ। उच्च गुणस्तरीय पुर्जाहरूको प्रयोग यस विभागमा मात्रै नभएर विश्वविद्यालय र वरपरको विश्वविद्यालयका अन्य विज्ञान विभागका विद्यार्थीहरूले पनि यसको फाइदा लिन सक्नेछन्। भविष्यमा विश्वविद्यालयको गुणस्तर बढाउन वनस्पति विभागका प्राध्यापकहरूले पनि नयाँ अनुसन्धान गरिरहेको उपकुलपति ओमप्रकाश मिश्रले।