गान्तोक। भारत तिब्बत सीमा पुलिस बल(आईटीबीपी)को लिङदुमस्थित १३औं वाहिनी मुख्यालयमा ‘आठौं अन्तरराष्ट्रिय योग दिवस २०२२’ पालन गरियो। यस अवसरमा १३औं वाहिनीका सेनानी चन्दनसिंह भण्डारी, प्रमुख संरक्षक हावा बिन्दु भण्डारी, हावा सदस्यहरू, नानीहरू, स्थानीय ग्रामवासीहरू र वाहिनी पदाधिकारीहरू सहभागी बने।
भातिसीपुको १३औं वाहिनीका पदाधिकारीहरूले हिउॅंले ढाकिएको तुङ्गता क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्दै अग्रिम चौकीहरू र अन्य ठाउॅंहरूमा पनि अन्तरराष्ट्रिय योग दिवस पालन गरेको बताइएको छ। मोरारजी देसाई योग प्रशिक्षण संस्थानबाट प्रशिक्षित बलका प्रशिक्षकहरूले योग सत्रको आयोजन केन्द्रिय आयुष मन्त्रालचद्वारा जारी योग प्रोटोकल अनुसार योग अभ्यास गराए। वाहिनीका पदाधिकारीहरूले सांबा सरकारी उच्चतर माध्यमिक विद्यालयमा पनि योग अभ्यास गराए। राजधानीको इञ्चे गुम्पा परिसरमा आयोजित राज्यस्तरीय योग दिवसमा पनि वाहिनीका पदाधिकारीहरू सहभागी बनेको बताइएको छ।
वाहिनी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सेनानी भण्डारीले भने, योग जीवन जिउने विज्ञान हो। योगलाई दैनिक जीवनमा सामेल गरिनु अत्यन्त आवश्यक छ। यसलाई हाम्रो जीवनसित जोडिएका भौतिक, मानसिक, भावनात्मक र आध्यात्मिक सबै पक्षहरूमाथि काम गर्छ। योगको नियमित अभ्यासले अनेक प्रकारका रोग र विकारहरू समाप्त हुन्छ तथा शरीरको श्वलसन तन्त्र बलियो हुन्छ। यागले रोग प्रतिरोधक क्षमतालाई पनि बढाउॅंछ। योग ऋषि-मुनीहरूको सर्वश्रेष्ठ वैज्ञानिक, प्रामाणिक र सर्वभौमिक देन हो। योगको प्रयोग कुनै न कुनै प्रकारमा पौराणिक कालदेखि चलेर आएको छ।
उनले बलका जवानहरूको तैनाती अधिकांश हिउॅं पर्ने ठाउँ र तुङ्गता जस्तो उच्च उच्चई क्षेत्रमा हुने गर्छ भन्दै जवानहरूले विपरित परिस्थितिहरूमा कर्तव्यको पालन गर्नुपर्ने बताए। यस्तो परिस्थितिमा योगको अभ्यासले प्रकृतिसॅंग सामंजस्य स्थापित गरेर तनाउरहित बन्दै आफ्नो कर्तव्यको निर्वहन गर्न सकिन्छ भनी उनले बताए। उनले सबैलाई योग आफ्नो दैनिक जीवनमा अपनाउन आह्वान पनि गरे।