केन्द्र सरकारको ‘भाइब्रेन्ट भिलेज’ कार्यक्रमले सिक्किमका सीमावर्ती गाउँहरूमा जीवन परिवर्तन गर्नेछः लक्ष्मण प्रसाद आचार्य

IMG-20230516-WA0275.jpg

गान्तोक। सिक्किमले आज ४८औँ राज्य दिवस मनाएको छ। १६ मई, १९७५ मा पहिलेको हिमाली राज्य सिक्किम भारतीय गणतन्त्रको २२औँ राज्य बनेको थियो। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री पीएस तामाङको उपस्थितिमा गान्तोकको चिन्तन भवनमा राज्य स्तरीय राज्य दिवस उत्सव आयोजन गरिएको थियो।

यस अवसरमा बोल्दै राज्यपाल आचार्यले लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, जैविक खेती र पर्यावरण संरक्षणमा राज्यले गरेको प्रगतिको प्रशंसा गरे। उनले यी उपलब्धिबाट प्रेरणा लिई राज्यलाई थप उँचाइमा पुऱ्याउन सबैलाई आग्रह गरे।

उनले विकासको लागि प्रधानमन्त्री नरेन्द्र मोदीको एक्ट ईस्ट नीतिलाई श्रेय दिँदै सिक्किमलाई जी२० कार्यक्रम आयोजन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए, जसले राज्यको समृद्ध प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्दछ। राज्यपालले थपे कि केन्द्र सरकारको ‘भाइब्रेन्ट भिलेज’ कार्यक्रमले सिक्किमका सीमावर्ती गाउँहरूमा जीवन परिवर्तन गर्नेछ। उनले यस वर्षको पाँचौँ जनऔषधि दिवस मनाउने उल्लेख गर्दै राज्यभरि जेनेरिक औषधिको उपलब्धता बढाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री पीएस तामाङले आफ्नो सम्बोधनमा राज्य सरकारका विभिन्न क्षेत्रहरूमा विशेष गरी स्वास्थ्य क्षेत्रमा राज्यमा डायलसिस केन्द्र र मोबाइ भिलेज क्लिनिक, क्यान्सर उपचार सुविधाको सुदृढीकरण, अस्पतालहरूमा अक्सिजनको उपलब्धता बढाउन र एमबीबीएस सीट बढाउने जस्ता पहलहरूमाथि प्रकाश पारे। कार्यक्रममा तामाङले बीपीएल परिवारका डायलसिस र क्यान्सर रोगीहरूको निःशुल्क उपचार गर्ने घोषणा गरे।

मुख्यमन्त्रीले क्षयरोग उन्मूलनमा सिक्किमको बलियो प्रदर्शनमाथि प्रकाश पार्दै भने, राज्य क्षयरोगमुक्त भारत अभियान अन्तर्गत लक्ष्य प्राप्त गर्न तयार छ। उनले शिक्षक भर्ना नीतिलगायत शिक्षा क्षेत्रमा भएका सुधार र राज्य सरकारले प्रदान गर्ने विभिन्न फेलोशिपमाथि प्रकाश पारे।

मुख्यमन्त्री तामाङले राज्य सरकारले सन् २०१८-१९ को तुलनामा २०२२-२३ मा राजस्व उत्पादनमा 57 प्रतिशत वृद्धि हासिल गर्न राजस्व चुहावटलाई कम गरेको जानकारी दिए। उनले निरन्तर सहयोगका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारलाई धन्यवाद दिए। उनले राज्यको विकासमा र्पुयाएको योगदानका लागि पूर्व राज्यपालहरू र मुख्यमन्त्रीहरूलाई पनि स्मरण गरे।

गान्तोकमा राज्यस्तरीय सिक्किम राज्य दिवस समारोहमा राज्य सरकारी अधिकारीहरूलाई सिक्किम सेवा सम्मानको प्रस्तुति, आईपीआर विभागद्वारा मल्टिमिडिया डाटाबेस व्यवस्थापन प्रणालीको शुरुआत र मोबाइल भिलेज क्लिनिकमाथि जनचेतनामूलक भिडियो समावेश गरिएको थियो। यसका साथै राज्य कौशल विकास विभागद्वारा सिक्किमको स्किल ग्याप एसेसमेन्ट स्टडी नामक पुस्तकको विमोचन गरियो।

सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री श्री पीएस तामाङले गेजिङ र मङ्गन जिल्लाका लागि सरकारी कलेज र मोबाइल डायग्नोस्टिक प्रयोगशालाहरूका लागि एम्बुलेन्सलाई झण्डा देखाएर प्रस्थान गराएको जानकारी पीआईबीले दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement