४१ वर्षे धोनीको जादु अझै पनि आईपिएलमा उत्तिकै, धोनीलाई आईपीएलका सदाबहार कप्तान

1lrriqc8_ms-dhoni-bcciipl_625x300_20_April_21.jpg

महेद्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको चार वर्ष भइसक्यो। चार वर्षपश्चात् महेन्द्रसिंह धोनी अहिले जारी इन्डियन प्रिमिअर लीग (आईपीएल) क्रिकेट प्रतियोगितामा चेन्नई सुपर किड्स टोलीबाट खेलिरहेका छन्। आईपीएलमा धोनीले ‘लोअर अर्डर ब्याट्सम्यानका रूपमा आफ्नो कौशल देखाइरहेका छन् ।यो प्रतियोगिता र यसमा रमाउने खेलप्रेमीहरूका निम्ति त्यसको प्रतीक भनेको धोनी नै हुन्। उनी आईपीएलका सदाबहार स्टार हुन्। टोलीका प्रतीक सन् २००८ मा आईपीएल सुरु गर्दा धोनी सबभन्दा महँगा खेलाडी थिए। पन्ध्र‌ वर्षपश्चात् उनी चेन्नई सुपर किड्स (सीएसके) का सबभन्दा मूल्यवान् खेलाडी बनेका छन्।
सीएसके टोली र तिनका समर्थकबीच विशेष सम्बन्ध छ अनि सीएसके भनेकै कप्तान धोनी भन्ने बुझिन्छ।
उनीसँग अझै पनि छक्का प्रहार गर्ने गजबको कला छ र उनले दुर्लभ नेतृत्व प्रदर्शन गरिरहन्छन् ‌।धोनीले सन् २००८ मा आईपीएल सुरु भएदेखि सीएसके टोलीको कप्तानी गर्दै आएका छन्।आईपीएलका मौलिक कप्तान चार वर्षअगाडि धोनीले अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूबाट सन्न्यास लिए। पाँचौं पटक सीएसकेलाई आईपीएल उपाधि दिलाएर मुम्बई इन्डियन्स टोलीको कीर्तिमानसँग बराबरी गर्ने धोनी आईपीएलका मौलिक कप्तान हुन् जुन प्रतियोगिताबाट युवा र आत्मविश्वास नभइसकेका खेलाडीहरूले काफी सहयोग पाउने अपेक्षा गर्छन्। जुलाईमा उनी ४२ वर्षको हुँदै छन्। उनीबाट प्रेरणा पाउने युवा खेलाडीहरूलाई उनले गर्न सहयोगले मात्र पनि उनी अझै टोलीको कप्तान बनिरहन सक्ने देखिन्छ। भारतको कप्तान हुँदा एक पटक धौनीले “आवश्यक पर्दा आफूतर्फ आइरहेको ट्रकपट्टि हाम फाल्नसम्म तयार हुने सदस्यहरू भएको टोली” आफ्नो उद्देश्य भएको बताएका थिए। सीएसकेमा उनले त्यस्तै टोली भेट्टाएका छन्। तर यसपालि भने धोनीले तल्लो पङ्क्ति वा आठौं नम्बरमा ब्याटिङ गर्ने गरेकोप्रति धेरै टिप्पणी भएका छन्। उनको घुँडामा चोट छ र त्यसैले उनले आफ्ना खेलाडीहरूलाई भनेका छन्, “मलाई धेरै दौडिनुपर्ने नगराऊ।” अचेल धोनी तल्लो पङ्क्तिमा ब्याटिङ्ग गर्ने गर्छन् ब्याटिङमा रमाउँछन् अनि यो काम उनले खुब मजाले गरिरहेका छन्।
आईपीएलमा उनको स्ट्राइक रेट २०४ छ जुन भनेको प्रत्येक बलमा औसतमा दुईभन्दा धेरै रन उनले बटुलेका छन्। यसपालि उनले केवल ४० बलको सामना गरेका छन् जसमध्ये हरेक ४.७ बलमा एक छक्कासहित १६ रन बटुलेका छन्। आठौं नम्बरमा ब्याटिङ गर्दै उनले दिल्ली क्यापिटल्सविरुद्ध नौ बलमा २० रन बनाएर उनको टोलीले त्यो खेल २७ रनले जित्यो। सीएसकेको घरेलु मैदानमा भएको सुरुको खेतमै यसपालि उनले सामना गरेका पहिलो दुई बलमा बलर मार्क वुडलाई लगातार दुई छक्का हानेका थिए। छ नम्बरमा ब्याटिङ गर्दै उनले पजाब किड्सविरुद्ध चार बलमा दुई छक्कासहित १३ रन बनाएका थिए।
उनको टोलीका सहकर्मी रवीन्द्र जडेजाले उनी सात नम्बरमा ब्याटिङ गर्न जान उत्सुक नहुने गरेको बताएका छन् किनभने दर्शकहरू चाँडै नै उक्त विकेट जाओस भने जसरी “धोनी, धोनी”को नारा लगाइरहेका हुन्छन्।
धोनीको यो शैली खासगरी दुई किसिमका खेलाडीहरूका निम्ति
सन्देशमूलक हुनसक्छ ती जो नम्बर तीन भन्दा मुनि ब्याटिङ गर्छन् अनि ती जो यताउता नहेरीकन केवल छक्का प्रहार गर्न केन्द्रित हुन्छन्।रोहन कन्हाई वा सचिन तेन्दुल्करले चौका-छक्का मात्र प्रहार गरिरहने भन्दा बलअनुसार खेल प्रदर्शन गर्दै सकेसम्म धेरै रन बटुल्ने गर्थे।तर डाइट बल क्रिकेट वा एकदिवसीय तथा टी ट्वेन्टी क्रिकेट उक्त शैली गलत हुनसक्छ। जस्तो धोनीको शैलीले भन्ने गर्छ ७० बल खेलेर ५० रन बटुल्नुभन्दा नौ बल खेलेर २० रन बढी उपयोगी हुन्छ।
धोनी भारतका सबभन्दा सफल कप्तान हुन् एकचालीस वर्षको उमेरमा टी-ट्वेन्टी खेल्न सक्नु भनेको आत्मविश्वास र स्वस्थ शरीर मात्र होइन, खेलप्रतिको लगाव पनि जरुरी हुन्छ किनभने यतिखेर आएर अब कसैका निम्ति केही प्रमाणित गरिदिन बाँकी रहन्न। के यो आईपीएल उनको अन्तिम आईपीएल होला त? हुन
पनि सक्छ, नहुन पनि सक्छ।
आईपीएलको ट्रफीको नाम उनको नामबाटै राखिनु एकदम उचित हुन्छ। आखिरमा उनी नेतृत्वकै भारतीय टोलीले सन् २००० मा टी-ट्वेन्टी विश्वकप उपाधि जित्यो र आईपीएलको जन्म भएको कुरोमा दुईमत नहोला।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement