नेपाली चलचित्र “पर्खि बसें तिमीलाई” शुभमूहर्त सम्पन्न

IMG-20230516-WA0271.jpg

गान्तोक। तपश्री प्रोडक्शन अनि रोमन फिल्म प्राइभेट लिमिटेडको संयुक्त सयकार्यमा आजदेखि राजधानीमा नेपाली कथानक चलचित्र पर्खि बसें तिमीलाईको छायांकन शुरु भयो। यसको शुभ मुहर्त आज सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीद्वारा गरियो। शुभ मुहर्तको अवसरमा यो फिल्मका निर्देशक दीपक श्रेष्ठ, निर्माता राजुमान बुढ़ाथोकी अनि तपश्री प्रोडक्शनका स्वामी कोमल गुरुङको पनि उपस्थिति रहेको थियो। पूजा पाठपछि यो फिल्मको छायांकन आज बिहान शुरु भयो। यो फिल्ममा नेपाली सीने जगतका ख्यातिप्राप्त नायक शिव श्रेष्ठले पनि भूमिका निर्वाह गर्नेछन्। यो फिल्मको 80 प्रतिशत छायांकन सिक्किममा हुने निर्देशक श्रेष्ठले जानकारी गराएका छन् भने महिलाको भुमिकामा सिक्किमकी छोरी एनिशा रसाईली रहेकी छन्। यो फिल्ममा सिक्किमलाई मायाको शहरको रुपमा दर्शाइने पनि उनले थप जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै निर्देशक श्रेष्ठले अहिले सिक्किमले फिल्मको क्षेत्रमा धेरै तरक्की गरिरहेको बताए। कलाकारहरूलाई मुख्यमन्त्री तामाङ स्वयंले धेरै प्रोत्साहन दिइरहेको अनि यो प्रोत्साहनले कलाकारहरूलाई कलाकारिताको क्षेत्रमा धेरै सहयोग गरिरहेको उनले बताए। वर्तमान सिक्किम सरकारले फिल्मलाई सहयोगार्थ हेतु ल्याइएको विभिन्न योजनाहरूले सिक्किम फिल्म जगतको क्षेत्रमा धेरै माथि उठ्ने पनि उनले बताए। यसरी नै पत्रकारहरूसँग कुराकानी गर्दै तपश्री प्रोडक्शनका कोमल गुरुङले आफूले शुरु गरिरहेको यो पहिलो प्रोजेक्ट अवश्यै पनि सफल हुने विश्वास व्यक्त गरे। यसरीनै फिल्मको निम्ति पहिलोपल्ट सिक्किम आउन पाएकोमा शिव श्रेष्ठले आफू घर फर्किएको झैं भान भएको बताए। सिक्किमको सुन्दरता अनि संस्कृतिको उनले मुग्दकण्ठले प्रशंसा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement