गान्तोकः सिटिजन एक्सन पार्टी-सिक्किमको पश्चिम सिक्किम जिल्ला स्तरीय समन्वय सभा आज सम्पन्न भएको छ। पार्टीले जानकारी दिएअनुसार, यो सभा पश्चिम जिल्ला अन्तर्गत भएको चौथो समन्वय सभा थियो। यसै सभामा पार्टीले शाधारण रूपमा राज्य दिवस पालन पनि गऱ्यो। ओङदीला भोटियको अध्यक्षतामा आयोजित सभामा ११ मई २०२३-को दिन पार्टीको केन्द्रिय कार्यकारिणी परिषदको बैठकले तय गरेका जटील मुद्धा एवं प्रस्तावहरू माथि संक्षिप्तमा चर्चा र छलफल गरिएको बताइएको छ। यस अवसरमा पार्टीको पश्चिम जिल्ला कार्यकारी अध्यक्ष पूजन खड्काले सिक्किम र सिक्किमेले भोगिरहेको आधारभूत समस्या यसको कारण र निवारण माथि पनि व्यख्या गरेका थिए।
यसपछि पार्टीका प्रबक्ता तथा फ्रन्टल परिषदका सचिव प्रकाश पराजुलीले हामी को हौ? हाम्रो लडाईं कस्का लागि हो? र अबको दिशा कस्तो हुनुपर्छ भन्ने विषयमा जोड दिँदै आफ्नो वक्तव्य राखेका थिए। यसै सभामा पार्टीका नवनिर्वाचित/नवनियुक्त पदहरूको अडर पनि हस्तान्तरण गरियो। सभाको दोस्रो चरणमा पार्टीको प्रचार प्रसारका अध्यक्ष एमबी सुब्बाले पनि संगठन बिस्तार विषयमा जोड दिँदै आफ्नो वक्तव्य राखेका थिए। त्यसपछि पीडी शेर्पाले आफ्नो वक्तव्यमा कार्यकर्ताले पदभन्दा कर्तव्यलाई ठीलो मान्नुपर्ने र कार्यकर्ता कर्तव्य परायण हुनुपर्छ भन्ने विषयमा जोड दिए। विशेष पार्टीका वरिष्ठ नेता तथा केन्द्रिय कार्यकारीणी परिषदका सदस्य पीपी शर्माले पार्टी बिस्तार विषयमा सबै सचेत एवम् सजकता अप्नाउनु पर्ने सुझाउ राखेका थिए।
फ्रन्टल परिषदका अध्यक्ष नरेन्द्र अधिकारीले पार्टीका प्रत्येक सदस्य एवम् नेतृत्वले पार्टीको उद्देश्यलाई “टेकन फर ग्रान्टेड“ मात्रै नलिईदिने अनुरोध गर्दै झण्डाको कुम्लो बोकेर हिँडनेहरूलाई गतिलो जबाफ दिने वक्तव्य पेश गरेका थिए। सभामा पार्टीका वरिष्ठ नेता डीबी चौहानले आफ्नो वक्तव्यलाई भाषणको संज्ञा नदिएर एउटा जटिल गफको नाम दिँदै आफ्नो कुराहरू राखे। पार्टीका विभिन्न फ्रन्टल परिषदको संगठनिक अवस्थाबारे समिक्षात्मक चर्चा एवम् छलफल गर्दै चौहानले गत्त ११ मई का दिन पार्टीले पारति गरेको प्रस्ताव माथि अझै थप चर्चा एवम् यसको आवश्यकता बारे ध्यानाकर्षण गराएका थिए। यसपछि गेजिङ जिल्ला का अध्यक्ष तथा सभाध्यक्ष ओङदीला भोटियाले सभामा उपस्थित सम्पूर्ण पदाधिकारीहरूलाई धन्यबाद ज्ञापन गर्दै सबैले कमर कसेर पार्टीलाई जनजनमा पुऱ्याउन काम गर्नुपर्ने समय आएको बताएको गेजिङ जिल्लामा सिटिजन एक्सन पार्टीको प्रचार-प्रसार शाखाका अध्यक्ष खगेन दाहालद्वारा जारी प्रेष विज्ञप्तिमा बताइएको छ।