प्रधानमन्त्रीको ‘मन की बात’ पछि ‘सेल्फी विद डटर’ सित जोड़िए ४२ हजार नयाँ मुहार

selfie_334

चण्डीगढ़ः प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ सात समुद्र पारी पुगेकोछ। ऐतिहासिक १००औं एपिसोडमा ‘सेल्फी विद डटर’- का संस्थापक सुनील जागलानसित बातचित गरेपछि देश-विदेशका मानिहरूमा सेल्फी विद डटरप्रति मानिसहरूको चासो बढ़ेर गएको छ। सुनील जागलानलाई साइट सम्हाल्नको लागि भिन्नै प्रयास गर्न परिरहेको छ। प्रधानमन्त्री मोदीले ‘मन की बात’- को १००औं एपिसोडमा हरियाणामा लिंगानुपात सुधारको श्रेय सुनील जागलानको ‘सेल्फी विद डटर’ अभियानलाई दिँदै आफू पनि सुनील जागलानबाट प्रभावित भएको बताए। हरियाणाको जीन्द जिल्ला अधिनस्थ बीबीपुर गाउँबाट ९ जून, २०१५ –मा ‘सेल्फी विद डटर’ अभियान शुरू गर्ने सुनील जागलान अनुसार ‘मन की बात’-को १००औं एपिसोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनीसित बातचित गरेपछि देश-विदेशबाट उनलाई फोन कलहरू आउन थालेका छन्।

प्रधानमन्त्रीसित भएको बातचितलाई भारत मात्र नभएर विदेशहरूमा बसेका मानिसहरूले पनि सुने-देखे। यस बातचितपछि ‘सेल्फी विद डटर’ अभियान धेरै भाइरल भयो। यसको अनुमान यसबाट पनि लगाउन सकिन्छ कि प्रधानमन्त्रीसित बातचित हुनपूर्व एक वर्षमा ४० हजार सेल्फी अपलोड हुन्थ्यो भने अहिले १५ दिनमा ४२ हजार नयाँ सेल्फी अपलोड भएको छ। आठ हजारभन्दा अधिक सेल्फी विदेशहरूबाट आएका छन्। सुनील जागलानले बताए, छिमेकी राष्ट्र नेपाल अमेरिका, इंग्ल्याण्ड, पौल्याण्ड, जर्मनी, भुटान औ क्यानडाबाट सयकड़ौं सल्फी विद डटर आएका छन्। यसकारणले उनलाई आफ्नो साइट पनि अपग्रेड गराउन परिरहेको छ। यसको लागि उनको आईटी टीमले निरन्तर काम गरिरहेको छ। साइटमा अधिक सेल्फी भएको कारणले उनले एक दिनको लागि अपलोडिङ बन्द गरिदिए। किनभने प्रत्येक सेल्फी विद डटरलाई भेरिफाई गर्दा उनलाई फोन कलहरू आउन थाल्छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement