ओडिशामा गवर्नेन्सको अभाव: धर्मेन्द्र प्रधान

dharmendra_738

भुवनेश्वरः केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले भने, राज्य सरकारको स्वास्थ्य विभागद्वारा दिइएको तथ्य एवं आँकड़ा अनुसार राज्यमा गर्भवती महिला, नवजात शिशु एवं किशोर-किशोरीहरूको स्वास्थ्यगत स्थिति चिन्ताजनक छ। उनले भने, राज्यमा गवर्नेन्सको अभाव भएकोले यसप्रकारको गम्भीर स्थिति उत्पन्न भएको हो।

भुवनेश्वरमा मंगलवार पत्रकारहरूसित बातचित गर्दै उनले भने, राज्यमा कुपोषण, नवजात शिशुहरूको मृत्युदर अनि महिलाहरूमा रक्तअल्पता एउटा गम्भीर समस्या हो। यस कारणले नानीहरूको शारीरिक एवं मानसिक विकास सठिक ढंगमा हुन सकेको छैन। उनले यो पनि भने, यो केवल विपक्षको आरोप होइन, ओडिशा सरकारको स्वास्थ्य सर्वेले यसो भनिरहेको छ।

मुख्यमन्त्री नवीन पटनायकद्वारा डबल इञ्जिनको सरकारविरूद्ध बयान दिइएको सन्दर्भमा उनले भने, मुख्यमन्त्री नवीन पटनायकद्वारा डबल इञ्जिनको सरकार हुनसक्दैन। यो आधा इञ्जिनको सरकार हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement