काठमाण्डौँः नेपालको सुप्रीम कोर्टले थरुहट आन्दोलनको नेता रेशमलाल चौधरीमाथि जन्मकैद सजाय सदर गरेको छ। सुप्रीम कोर्टले आज मङ्गलवार यसअघि उच्च अदालत दिपालयले गरेको जन्मकैदको फैसला नै सदर गरेको हो। चौधरी थरुहट नेता हुन्। उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको नेपालको संसदमा ४ सिट रहेको छ । उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी भूमि व्यवस्था मन्त्री छिन् ।
रेशम चौधरी २०१५ मा पश्चिम नेपालको कैलाली जिल्लाको टीकापुर दंगामा दोषी ठहर भएका थिए । उक्त घटनामा नेपाल प्रहरीका अधिकृतसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो। चौधरी दोषी ठहर भई जेल सजाय काटिरहेका छन् । यो घटनामा अन्यलाई पनि दोषी ठहर गरी जेल सजाय सुनाइएको थियो ।
-हिस