महाराष्ट्रका १६ विधायकहरूको अयोग्यताको निर्णय हरेक पाटोको जाँचबुझ गरेपछि लिइनेछ: राहुल नार्वेकर

nat

मुम्बईः महाराष्ट्रका विधानसभा अध्यक्ष राहुल नार्वेकरले भने, १६ जना विधायकहरूको अयोग्यताको निर्णय हरेक पाटोको जाँचबुझ गरेपछि समयमै लिइनेछ। उनले भने, यस जाँचबुझमा जुलाई, २०२२ -मा शिवसेनाको राजनीतिक स्थिति कस्तो थियो त्यसलाई पनि बुझिनेछ। राहुल नार्वेकरले मंगलवार मुम्बईमा पत्रकारहरू समक्ष बताए, सुप्रीम कोर्टले फसेला सुनाइसकेको छ। कोर्टले विधानसभा अध्यक्षका शक्तिहरूमा दखल दिनदेखि अस्वीकार गरेको छ। हामी आयोग्यताका चायिकाहरूमाथि सुनवाई गर्छौं। नैसर्गिक न्यायको सिद्धान्तमा हामी सबैलाई आफ्नो विचार राख्ने अवसर दिनेछौं। उनले यो पनि भने, अहिलेसम्म विधानसभाको स्थिति यस्तो थियो कि दलको गुटको विधायक बहुमतले आफ्ना नेता एवं उपनेता चयन गर्थ्यो र त्यसको सूचना विधानमण्डल सचिवालयलाई दिन्थ्यो। हामीले त्यसलाई स्वीकृति दिँदै आएका थियौं। अब कोर्टले भनेको छ, कुन राजनीतिक दल थियो त्यसको जाँच तपाईले गर्नुपर्छ।

राहुल नार्वेकरले भने, जुलाई, २०२२-मा यो पत्तो लगाइएपछि कि राजनीतिक दल कुन पार्टीको हो, त्यो पार्टीद्वारा नामित उम्मेद्वारहरूलाई स्वीकृति दिनुपर्छ। त्यो स्वीकृति दिएपछि अयोग्यताको बारेमा सोच्नुपर्छ। उनले अझ भने, पार्टी भएको दाबी गर्ने विधायक, नेता सबैको कुरा सुनिनेछ। यदि शिन्दे समूहले पार्टीको प्रतिनिधित्व गर्ने कुरा अघि आए भरत गोगावलेलाई व्हिपको रूपमा स्वीकार गर्नुपर्छ। यस मामिलाको चाँड़ै समाधान गर्ने प्रयास गरिनेछ। तर कुनै हतार गरिनेछैन। बिना कारण ढिल्याई पनि हुनेछैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement