लेहः मंगलवार भारतीय वायुसेनाको एउटा विमान लेह एयरपोर्टको रनवेमा बिग्रिएपछि लद्दाखको लागि सबै उड़ानहरूलाई रद्द गर्नपऱ्यो। लद्दाखका सबै उड़ानहरू रद्द भएको कारणले लेहमा उपस्थित देश-विदेशका पर्यटकहरूलाई विभिन्न समस्याहरूको सामना गर्नुपरिरहेको छ। भारतीय वायुसेनाले आफ्नो विमानलाई बनाउने दिशआमा कारबाही गरिरहेको छ।
विभागीय अधिकारीहरूले बताए, बिहान दिल्लीदेखि लेहको लागि स्पाइसजेटको एउटा विमान एयरपोर्टमा अवतरण भयो। त्यसपछि वायुसेनाको विमान सी-१७ ग्लोबमास्टरले चण्डीगढ़को लागि उड़ान भर्ने तयारी गऱ्यो। यसै क्रममा ग्लोबमास्टरले टेक अफ् गर्ने तयारी गर्दा विमान रनवे बीचमै अचानक बिग्रिएर त्यहीँ रोकियो। रनवेमै विमान बिग्रिएपछि एयरपोर्टमा कुनै पनि विमानलाई अवतरण गराउनु वा त्यहाँबाट उड़ाउनु सम्भव थिएन। यसैले एयरपोर्ट अथोरिटीले लद्दाखका सबै उड़ानहरू रद्द गरिदियो। लद्दाखका सबै उड़ानहरू रद्द भएको कारणले लेहमा रहेका देश-विदेशका पर्यटकहरूलाई समस्या भइरहेको छ, किनभने विदेशी पर्यटकहरूको दिल्लीबाट आफ्नो देशको लागि कनेक्टिभ फ्लाइट थियो।
-हिस