नयाँ दिल्लीः कर्नाटकका अघिल्लो मुख्यमन्त्री कसलाई बनाउने हो यसलाई लिएर कंग्रेस पार्टीले निरन्तर बैठकहरू गरिरहेको छ। पार्टीलाई कर्नाटकमा पूर्ण बहुमत प्राप्त भएपछि बेंगलुरूदेखि दिल्लीसम्मै बैठकहरू भइरहेका छन्। मंगलवार बिहान कर्नाटक कंग्रेसका नवनिर्वाचित विधायकहरू पार्टीका राष्ट्रीय अध्यक्ष मल्लिकार्जुन खड़गेको दिल्लीस्थित आवासमा आइपुगेका छन्। यहाँ कंग्रेसका वरिष्ठ नेताहरू सहित पूर्व अध्यक्ष राहुल गान्धी पनि उपस्थित थिए। कर्नाटक कंग्रेसका अध्यक्ष डीके शिवकुमार र पूर्व मुख्यमन्त्री सिद्धारमैयालाई पनि दिल्ली डाकिएको छ। भनिन्छ, आज पार्टी अध्यक्षको उपस्थितिमा कर्नाटकका मुख्यमन्त्रीको नाम घोषणा हुनेछ।
दिल्ली प्रस्थान हुनपूर्व शिवकुमारले मीडियासितको बातचितमा भनेका थिए, उनी पार्टीको पक्षमा छन्। कर्नाटकमा कंग्रेसका विधायकहरूको संख्या १३५ छ। हामी सबै एक छौं। सूत्रको भनाइ छ, सिद्धारमैयाले कंग्रेस हाईकमाण्डलाई सुझाउ दिएका छन् कि पहिलो दुई वर्ष उनलाई मुख्यमन्त्री बनाइयोस्, त्यसपछि तीन वर्ष डीके शिवकुमारलाई अवसर दिइयोस्। यद्पयि अन्तिम निर्णयको दायित्व सबै नेताहरूले पार्टी अध्यक्षलाई दिएका छन्। यस सम्बन्धमा कर्नाटक कंग्रेसका नवनिर्वाचित विधायकहरूले एउटा प्रस्ताव पारित गरेका थिए।
-हिस