लालूकी निकटतम राजद विधायक किरण देवीको पटना-आरास्थित आवासमा सीबीआईको छापा

nat

पटनाः जमीनको सट्टा नोकरी (ल्याण्ड फर जब्स) मामिलामा राजद सुप्रीमो लालू यादवकी निकटतम विधायक किरण देवीका नौ ठेगानाहरूमा मंगलवार केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-ले छापामारीको कारबाही गऱ्यो। सीबीआई टीमले विधायक किरण देवीको आरा औ पटनास्थित घरमा एकै समयमा कारबाही गरेको छ। आराको अंगियाउँस्थित उनको आवासमा बिहान लगभग छः बजे सीबीआईको आठ सदस्यीय टीम पुगेको थियो। टीमको सुरक्षाको लागि बसभरि सीआरपीएफका जवानहरू पनि पुगेका थिए। आराको सन्देशबाट विधायक किरण देवी बलुवा व्यापारी अरूण यादवकी पत्नी हुन्।

किरण देवीको घर बाहेक राजद नेता प्रेमचन्द्र गुप्ताको नोएडा, दिल्ली र गुरूग्रामसित सम्बन्धित ठेगानाहरूमा पनि सीबीआईले छापामारीको कारबाही गरिरहेको छ। यस कारबाहीलाई लिएर भाजपाका राज्यसभा सदस्य तथा पूर्व डिप्टी सीएम सुशील मोदीले भने, त्यसबेला लालू यादवको नारा नै थियो- ‘तिमी मलाई जमीन देऊ, म तिमीलाई नोकरी दिन्छु।’ नेता प्रतिपक्ष विजय सिन्हाले कटाक्ष गर्दै भने, जो गलत छन् उमाथि एक्शन त हुन्छ नै। यसमा गलत के छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement