१६ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा जर्जियन फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो । स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको म्याचमा जर्जियन एफसी-ले शेयर एफसी-लाई ५-०-ले पिट्यो। म्याचमा विजेता टीमबाट स्ट्राईकर प्रवीण सुब्बा र सोनम शेर्पाले २-२ गोल गरे। यसबाहेक अदित्य तामाङले १ गोल गरे। विजेता टीमका कप्तान प्रवीण सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। बुधवार खेलिने म्याचमा नादोङ भूटिया एफए र बोंग एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।