अमेरिका यात्रामा जानेछन् राहुल गान्धी

n500320818168424805096172d8008aa9fcf0800f26c3dfddcfa22bfc3e0d0904b3c5b22136d172065ba239.jpg

नयाँ दिल्लीः कंग्रेसका पूर्व राष्ट्रीय अध्यक्ष राहुल गान्धी दश दिवसीय दौड़ाहमा अमेरिका जाने भएका छन्। कंग्रेस सूत्रको भनाइ छ, राहुल गान्धी आगामी आगामी ३० मईमा अमेरिकाको लागि प्रस्थान हुनेछन्। यस यात्रा अवधि उनले न्यूयर्कको म्याडिसन स्क्वायरमा एक जनसभालाई सम्बोधन गर्नेछन्।

सूत्र अनुसार म्याडिसन स्क्वायरमा आयोजना हुने ऱ्यालीमा लगभग पाँच हजार भारतीयहरूले सहभागिता जनाउनेछन्। स्ट्यानफोर्ड युनिभर्सिटीमा आयोजना हुने प्यानल चर्चा र भाषणको लागि राहुल वाशिंगटन तथा क्यालिफोर्निया पनि जानेछन्। आफ्नो यात्रा अवधि उनको त्यहाँका नेता एवं उद्यमीहरूसित भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। उल्लेखनीय छ कि यसपूर्व राहुल गान्धीले लण्डनको भ्रमण गरिसकेका छन्। यस यात्रालाई लिएर विवाद पनि भएको थियो। हराहुलले त्यहाँ भनेका थिए, भारतको लोकतन्त्र जोखिममा छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement