डा. मनोज सोनीले यूपीएससीको अध्यक्षको रूपमा पद अनि गोपनीयताको शपथ ग्रहण गरे

PTI04_03_2023_000141B.jpg

नयाँ दिल्लीः डा. मनोज सोनीले मंगलवार संघ लोक सेवा आयोग (यूपीएससी)-को अध्यक्षको रूपमा पद अनि गोपनीयताको शपथ ग्रहण गरे। आयोगकी वरिष्ठ सदस्य स्मिता नागराजले उनलाई शपथ दिलाइन्। २८ जून, २०१७ -मा आयोगमा सदस्यको रूपमा सामेल भएका डा.मनोज सोनीलाई पछि ५ अप्रेल, २०२२-मा संविधानको अनुच्छेद ३१६ (ए) अन्तर्गत यूपीएससीको अध्यक्ष पदका कर्तव्यहरूको पालना गर्नको लागि नियुक्त गरियो।

यूपीएससीमा सामेल हुनपूर्व डा. सोनीले अन्तरराष्ट्रीय सम्बन्ध अध्ययनमा विशेषज्ञता सहित राजनीति विज्ञानको अध्ययन गरे अनि सरदार पटेल विश्वविद्यालयबाट “शीत युद्धपछि अन्तरराष्ट्रीय प्रणालीगत परिवर्तन औ भारत-अमेरिका सम्बन्ध” -मा डाक्टरेटको उपाधि प्राप्त गरे। उनले कुलपतिको रूपमा तीन कार्यकाल पूरा गरे जसमा बड़ौदाको एम.एस. यूनिभर्सिटीमा एउटा कार्यकाल, डा. बाबासाहेब अम्बेडकर ओपन यूनिभर्सिटी, गुजरातमा दुई कार्यकाल सम्मिलित छन्। स्वतन्त्र भारतका सबैभन्दा युवा कुलपति रहिसकेका डा. सोनीलाई धेरैवटा सम्मान र पुरस्कारद्वारा अलंकृत भइसकेका छन्। उनले घेरैवटा महत्वपूर्ण प्रकाशनहरू पनि प्रकाशित गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement