डिब्रूगढ़ः जिल्लाको दुलियाजानको बकुलनी चारदोबाटो क्षेत्रमा पुलिसले मादक पदार्थको तस्करीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, लग्जरी कार सहित दुई युवकलाई मादक पदार्थको साथ पक्राउ गरिएको छ।
पक्रा परेका युवकहरूको पहिचान तिनसुकिया जिल्लाको मर्घेरिटाको शील व्यू २ नम्बर वार्ड निवासी जीतू डे र नजाउद्दीन तालुकदारको रूपमा गरिएको छ। पुलिस अनुसार, मारूति अल्टो कारमा दुवै युवक मार्घेरिटादेखि दुलियाजानमा प्रतिबन्धित ड्रग्सको आपूर्ति गर्न गईऱहेका थिए। तब पुलिसले दुलियाजानको बकुलनी चारदोबाटोको ढेकियाजान क्षेत्रमा उनीहरूलाई समायो। पुलिसले दुवैसित दुलियाजान थानामा सोधपुछ गरिरहेछ। पुलिसले एक प्राथमिकी दर्ता गरेको छ।
-हिस