बीएसएफले सीमामा उद्धार गऱ्यो लगभग २०लाख बांग्लादेशी मुद्रा र मादक पदार्थ

IMG-20230408-WA0112.jpg

कोलकाताः पश्चिम बंगालको नदिया जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात बीएसएफले १९ लाख ७६ हजार बांग्लादेशी टाका र ६५० ग्राम डार्क ब्राउन पाउडर उद्धार गरेको छ। तस्करले यसलाई भारतदेखि बांग्लादेश तस्करी गरिरहेका थिए तर जवानहरूको तत्परताले तस्करहरू समानलाई घटनास्थलमा फ्याँकेर भाग्न बाँध्य भए। घटना सीमा चौकी बिस्टोगंजको हो।

बीएसएफले जानकारी गराएको छ, सोमवार राति तस्करहरू त्यस ठाउँमा तारको बाड़लाई नाघ्ने प्रय़ासमा थिए तर ठोस सूचनापछि त्यस ठाउँको घेराबन्दी गरिएको थियो। अन्धकारको फायदा उठाएर केही तस्करहरू सीमातिर बढ़िरहेका थिए तर जवानहरूलाई देख्नसाथ एउटा ब्याग त्यही फ्याँकेर भागे। ब्यागको तलाशी लिँदा त्यसबाट मादक पदार्थ र बांग्लादेशी मुद्रा उद्धार भएको छ। त्यसलाई अघिको कानूनी कारबाहीको निम्ति स्थानीय तेहट्ट थानालाई सुम्पिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement