कामरूपः कामरूप (ग्रामीण) जिल्लाको हाजो थानान्तर्गत दामपुरको अमदलापारा तिनाली क्षेत्रबाट पुलिसले भारी मात्रामा प्रतिबन्धित कफ सीरप जफत गरेको छ। पुलिसले यस मामिलामा एक युवकलाई पक्राउ गरेको छ। पुलिसले जानकारी गराएको छ, हाजो पुलिस थानाका निरीक्षक नवजीत नाथले एक सूचनाको आधारमा दामपुरको अमदलापारा तिनाली क्षेत्रबाट एक युवकलाई बाइकमा एउटा बोरामा प्रतिबन्धित कफ सीरप लुकाएर लगिरहेको समय पक्राउ गऱ्यो। पुलिसले तस्करीको आरोपमा राहुलला सैकिया नाम गरेको युवकलाई पक्राउ गऱ्यो। पुलिसले युवकदेखि ५० हजार रूपियाँभन्दा अधिकको १३० प्रतिबन्धित कफ सिरप जफत गरेको छ। पुलिसले उसको बाइकलाई पनि सीज गरेको छ।
पुलिस अनुसार, युवक लामो समयदेखि नशाको कारोबारमा लिप्त छ। उसको घर दामपुरको सैकियासुपातमा छ। पुलिसले युवकसित सोधपुछ गरिरहेछ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरेको छ।
-हिस










